२०८२ बैशाख ६ गते शनिवार

कार दुर्घटनामा गम्भिर घाइते भएका एक जनाको मृत्यु

दाङ, १४ कार्तिक ।
दाङमा आज भएको कार दुर्घटनामा गम्भिर घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका तुलसीपुर-७ झुमरे चोकका ४५ वर्षिय कणर् बहादुर थापाको मृत्यु भएको हो ।

उहाँको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । उहाँको दिउँसो करिब २ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा सोहि ठाउँकै ३३ वर्षका पूणर् बहादुर खत्री गम्भिर घाइते हुनुभएको छ । उहाँको अवस्था पनि गम्भिर रहेको छ । उहाँलाई लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि सैनिक अस्पताल राँझा नेपालगञ्ज बाँके लागिएको प्रहरीले जनाएको छ । उहाँ पाचकुमारी ब्यारेक सर्लाहीमा कार्यरत नेपाल आर्मी रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट अमिलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका-९ अम्राईखोला नजिक दुर्घटनामा भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । कार करिब २५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस