
दाङ, १६ असोज । दाङका १० वटै स्थानीय तहले मनपरी खर्च गर्ने गरेको देखिएको छ । महालेखा परिक्षाको कार्यालयले आर्थिक वर्ष २०७९ /२०८० मा गरेको लेखा परिक्षणमा दाङका दश वटै स्थानीय सरकारले मनपरी ढंगले खर्च गरेको देखिएको हो ।
चाडपर्व खर्च, कर्मचारी खर्च, डिपिआर तथा गुरुयोजना, उपभोक्ता समितिलाई भुक्तानी, कानुन मिचेर करारमा कर्मचारी भर्ना, खरिद नियमावली विपरित गरेको कार्यालय लगायतलाई महालेखाले अनियमन खर्चका रुपमा लिएको छ ।
स्थानीय सरकार संचालन ऐनमा भएको अस्थायी दरबन्दी सिर्जना गर्न नपाइने व्यवस्था विपरित दरबन्दी नै नभएको स्थानमा कर्मचारी नियुक्त गरी ठुलो रकम तलब भत्तामा खर्च गरेको, आन्तरिक श्रोतको विश्लेशन नगरी कर्मचारीलाई प्रोत्साहनस्वरुप भत्ता दिँदा पनि नियमसंगत नभएको महालेखाले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले नियमविपरित विभिन्न पदमा ४९ जना कर्मचारी करारमा राखेर १ करोड ५९ लाख भुक्तानी गरेको छ । घोराही उपमहानगरपालिकाले नाफामूलक संस्थालाई संचालन खर्च व्यहोरेको २८ लाख ८२ हजार नियम संगत नरहेको देखिएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।