दाङ, ६ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल संचालन गरेको छ । कम्पनिले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सहुलियत पसल संचालन गरेको हो ।
कार्यालय प्रमुख तिलक सुनारले चाडपर्व लक्षित सहुलियत पसल संचालनमा आएकाले लाभ लिन उपभोक्तालाई आग्रह गर्नुभएको छ । उहाँले यसवर्ष दशैँतिहारलाई लक्षित गर्दै दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा वितरण गरिने बताउनुभयो ।
कार्यालयले अहिले स्टीम जिरा मसिनो चामल र सोना मन्सुली चामल बिक्रि गरिरहेको बताउनुभयो । उहाँले प्रतिकेजीमा ५ रुपैँया सहुलियत अर्थात छुट पाउने बताउनुभयो । दशैँपछि तेल, चिनि पनि बिक्रि गर्ने तयारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार