२०८१ फाल्गुन १ गते बिहिवार

लमही-घोराही सडक खण्ड अवरुद्ध


दाङ, ५ असाेज । लमही-घोराही सडक खण्ड अवरुद्ध भएको छ। घोराही उपमहानगरपालिका-३, मुसोट खोलाको उकालोमा सिमेन्ट उद्योगको खरानी बोक्ने ट्रक र टिप्पर एकआपसमा ठक्कर खाँदा सडक अवरुद्ध भएको हो।

रा १ क १३४८ नम्बरको ट्रक र बा ७ त ५६७५ नम्बरको टिप्पर ठोक्किँदा बाटो बन्द भएको छ। यसले गर्दा लमहीबाट घोराही जाने र घोराहीबाट लमही आउने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन्।

अवरुद्ध सडक खुलाउन प्रहरी परिचालन भइसकेको छ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस