२०८१ फाल्गुन ३ गते शनिवार

दाङमा मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते दुई जनाको मृत्यु


दाङ, ३ असोज ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्याल दाङका अनुसार मोटरसाइकल चालक घोराही- १८ नवलपुरका २२ वर्षका श्रवण कुमार पुन र पछाडी सवार घोराही-४ का २१ वर्षका बिनोद केसी रहेका छन् ।

मोटरसाईकल दुर्घटनामा घाईते भएका दुबै जना लमही अस्पतालमा भर्ना भएका थिए । दुबै जनाको उपचारका क्रममा आज ९ बजेतिर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

आज बिहिबार बिहान ७ बजेतिर लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नंम्बरको मोटरसाईकल लमही नगरपालिका वडा नंम्बर ६ वेलदमारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।

प्रहरीले दुबै युवाका परिवारलाई जानकारी गराउन पहल भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस