२०८१ फाल्गुन ३ गते शनिवार

सर्वोत्तम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः पौडेल


दाङ, ३० भदौ । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन : ध्रुबराज पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । चौथो अधिवेशनबाट संचालक समितिको अध्यक्ष पदमा पौडेल सर्वसम्मत चयन हुनुभएको हो ।

संस्थाको उपाध्यक्षमा शालिकराम खनाल, सचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा गायत्रा खनाल, र अन्य सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको लेखासुपरीवेक्षण समितिमा पनि खिमराज खनाल संयोजक र अन्य सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन उपसमितिका संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचित पदाधिकारी र सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै प्रमाणपत्र प्राप्त गरेका छन् । संस्थाको दशौंं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार घोराहीमा भएको हो ।

संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । त्यस अवसरमा उपप्रमुख डिसीले सहकारी संस्थाले सहकारी बजार सञ्चालन गरेर उदाहरणीय काम गरेकोमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघ दाङका लेखा सुपरीवेक्षण समितिका संयोजक होमलाल भुसालले सहकारी बजारको सफलताका लागि जिल्लाका सहकारीकर्मीहरू जुट्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सचिव हेमराज शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गुरुप्रसाद खनालले आर्थिक प्रतिवेदन, र लेखा सुपरिवेक्षण समितिका संयोजक खिमराज खनालले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । व्यवस्थापक कमल थपलियाले सहकारी बजार परियोजनाको प्रस्तुति दिनुभयो ।

उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रममा नियमित बचतकर्ता, असल ऋण कारोबारी, र सहकारी बजारमा उत्कृष्ट कारोबार गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम र प्रगति विवरण सर्वसम्मतिले पारित गरेको छ । साथै, स-साना सहकारीहरूलाई एकताबद्ध गर्दै ठूलो सहकारी अभियानको रुपमा स्थापित गर्न संचालक समितिलाई अख्तियारी दिने निणर्य पनि सर्वसम्मत रुपमा गरिएको छ ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले दुई वर्षदेखि घोराहीको तुल्सीपुर चोकमा सहकारी बजार सञ्चालन गर्दै आएको छ । यस बजारमा किनमेल गर्ने शेयर सदस्यहरूलाई कारोबारको आधारमा प्रतिफल वितरण गरिंदै आइरहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस