दाङ, २५ भदौ ।
दाङमा लामो समयदेखि सक्रिय रहँदै आएका गायक गणेश डाँगी गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्वजनिक भएको छ। गायक डाँगीले यसअघि दर्जनौं गीतमा आवाज, शब्द र एरेन्ज गरेका छन्। नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित गायक डाँगीले आफ्नो नयाँ गीत गगन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
‘टोट्क्या सल्ला’ नामक झ्याउरे गीतमा पि एन साईला, रमेश डाँगी, निर्मला देवी बस्नेत, देवी बस्नेत, लिला कवर, हेमराज डाँगी, दीप श्रेष्ठ, सरिता बुढाथोकी, मन्जु थापा र गणेश डाँगी गगनले स्वर दिएका छन्। गीतको एरेन्ज, रेकर्डिङ र मिक्सिङ हेमराज डाँगीले गरेका हुन्।
दाङ जिल्लाको शान्तिनगर–३, पातेटाकुरामा छायांकन गरिएको यस गीतको भिडियोमा अभिषेक मल्ल, अर्जुन रोका, दीप श्रेष्ठ, शुलभ पौडेल, गणेश डाँगी गगन, शाखिरा मगर, सुरक्षा मगर, तारा केसी, बिमला मगर र हिरा ठकुरीको अभिनय रहेको छ। हास्य कलाकारहरू कृष्ण डाँगी, पूर्ण केसी र होताराम ओलीले पनि अभिनय गरेका छन्।
गीतको निर्देशन, कोरियोग्राफी, सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका हुन् भने छायांकन श्याम चौधरीले गरेका हुन्। ड्रोन महेश कुसुम्याले चलाएका थिए, र फुटेज संकलन खकेन्द्र केसीले गरेका थिए। भिडियो :


