२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुर- १ का घरदैलोमै वडा सरकार


तुलसीपुर, २७ साउन । दाङको तुलसीपुर उपमहागरपालिका वडा नम्बर १ ले विभिन्न वस्तीहरूमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण कार्यलाई तिव्रता दिएको छ ।

वडा कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बिरामी र अशक्त भएका लाभग्राहीहरुको घरमै पुगेर नविकरणको काम गरिरहेको छ ।

नविकरण गर्नका लागी सर्भरले दिउँसोको समयमा लोड बढि भएर काम नगर्ने भएकोले वडा भित्र रहेका जेष्ठ नागरिक अन्य, जेष्ठ नागरिक दलित, एकल महिला, विधवा, अति अशक्त अपांग, पूणर् अपांगता र दलित बालबालिकालाई सास्ती भोग्नु नपरोस् भनेर वडा समितको निणर्य अनुसार हरेक दिन बिहान साढे ६ बजेदेखी साढे ९ बजेसम्म गाउँवस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको वडा अध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।

बिरामी र अशक्तका लागि भने मोबाईलमा फोर जि नेटवर्क उपलब्ध भएसम्म घर-घरमा गएर नविकरण गरिएको वडा सचिव होमजंग विश्वकर्माले बताउनुभयो । अभियानमा अक्सिजन सिलिन्डरसहितका बिरामी,अशक्त,अपांगहरू र अन्य सम्पूणर् लाभग्राहीलाई समेत घरमै नविकरण सेवा उपलव्ध गराईएको सचिव विश्वकर्माले बताउनुभयो।

उहाँका अनुसार वडाको उत्तरी भागमा रहेका हापुरकोट रानीघाट, सिसाखानी, सुन्दरादेवी भगवती, झरना, अविधारा, रानीटाकुरा, गैरास्यूरे लगायतका गाउँवस्तीका नागरिकले घरआँगनमा नै वडाका जनप्रतिनिधि र कर्मचारी आएर सामाजिक सुरक्षा भत्ता नविकरण गरिदिँदा खुशी व्यक्त गरेका छन् ।

अनलाईनमा नविकरण गर्नुपर्ने भएकाले कुनै-कुनै पहाडी बस्तीमा रुखमुनी मोबाईल नेटवर्कले राम्रो काम गरेकाले रुखमुनि बसेर समेत नविकरण गरिएको सहायक कम्प्युटर अपरेटर प्रकाश भुसालले बताउनुभयो ।

समुद्री सतहदेखी १ हजार ४ सय ५८ मीटर उचाईमा रहेको वडाको विकट बस्ती रानीटाकुरा जहाँ अहिलेसम्म विद्युत सेवा पुग्न सकेको छैन् । जहाँ ल्यापटप र मोबाईल फोनको नेटवर्कको सहाराले सामाजिक सुरक्षा भत्ता नविकरण भएपछि जेष्ठ नागरिकहरु भने खुशी भएका छन् ।

वर्षातको समयमा ३ घण्टा पैदल हिडेर वडासम्म पुगि नविरकण गर्न जानुपर्ने बाध्यता हटेको छ । आगामी दिनमा पनि घरदैलोको सेवालाई निरन्तरता दिनुपर्ने स्थानीय नन्दलाल वलीले बताउनुभयो ।

नविकरण गर्न छुटेमा लाभग्राहीरुको आव ०८१/०८२ मा लगत कट्टा हुनेभएकाले गाउँवस्तीमा नविकरण गर्न छुट्नुभएका लाभग्राहीहरुलाई भाद्र मसान्तसम्म वडा कार्यालयमा आएर नविकरण गर्न वडा सचिव होमजंग विश्वकर्माले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस