२०८१ जेष्ठ ९ गते बुधवार

चर्चित लोक गायक भागीरथ र सुनिताको सुमधुर स्वरमा सजिएको ‘मन परेको’ बोलको गित बजारमा (भिडियोसहित)

दाङ, १९ बैशाख । संचारकर्मी बम बहादुर बस्नेत र डम्बर केसीको गित ‘मन परेको’ बजारमा आएको छ । चर्चित लोक गायक भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘मन परेको’ बोलको गित एक साता अघिमात्रै बजारमा आएको हो ।

बम बहादुर बस्नेतको लय तथा शब्द रहेको गित भागिरथ चलाउने नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बुधबारसम्म गितलाई ५४ हजार भन्दा बढीपटक हेरिएको छ ।

म्युजिक भिडियोमा राजेश बिसी, रिना गुरुङ, रमेश बुढामगर र बम बहादुर बस्नेत लगायतको अभिनय रहेको छ ।

रोधीमा गित गाउँदा मन परेपछि नजिक सरेको कुरालाई गितमा कथावस्तु बनाइएको छ । तर अन्तिममा आउँदा बिहे अर्कैसंग हुने भएको र बिहे गर्ने केटाले निम्ता पनि सोहि रोधीमा दिएकोले गित निकै रोचक मानिएको छ ।

संचारकर्मी दाङको तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँचमा कार्यरत रहनुभएको छ । उहाँले अहिलेसम्म ६ वटा गित बजारमा ल्याइसक्नुभएको छ । संचारकर्मी बस्नेतले यसअघि बजारमा ल्याएको गित निकै मन पराइएको छ ।

उहाँले चार वर्षअघि बजारमा ल्याएको ‘शंकालु’ बोलको गित युट्युबमा ७६ लाख बढी पटक हेरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस