२०८१ चैत्र ८ गते शुक्रवार

दाङबाट रुकुम जाँदै गरेको बस पुलबाट खस्यो

दाङ, ५ बैशाख । दाङबाट रुकुमतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।

घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर छ, भने १० जनाको अबस्था सामान्य रहेको छ ।

घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ । घाइतेहरुको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस