तुलसीपुर, १७ फागुन । तुलसीपुरमा टमाटरको भाउ लामो समयदेखि स्थिर रहेको छ । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार आज टमाटरको मूल्य प्रतिकेजी सरदर साढे १७ रुपैँया कायम छ ।
तुलसीपुर कृषि बजारमा आज टमाटर प्रतिकेजी न्यूनतम १५ रुपैँया र अधिकत २० रुपैँयासम्ममा कारोबार भइरहेको छ । दुई महिना अघि पुस १९ गतेमा पनि टमाटरको मूल्य अहिलेकै कायम थियो ।
बजारमा भारतीय टमाटर आयात हुँदा स्थानीय उत्पादनले बजार भाउ पाउन सकेको छैन् । हिउँदको समयमा दाङमा टमाटर उत्पादन बढ्ने गरेपनि भारतबाट निरन्तर आयात हुँदा स्थानीय टमाटरको भाउ बढ्न नसकेको किसानको गुनासो छ ।
टमाटरको तुलनामा बन्दागोपीको मूल्य भने आकाशिएको छ । बन्दा गोपी आज प्रतिकेजी सरदर २५ रुपैँयामा बिक्रि भइरहेको छ । बन्दा गोपी आज प्रतिकेजी अधिकतम ३० रुपैँयासम्म पुगेको तुलसीपुर कृषि बजारमा विवरण उल्लेख छ । यस्तै ब्रोकाउली प्रतिकेजी सरदर ५५ रुपैँयामा बिक्रि वितरण भइरहेको छ ।