२०८१ मङ्सिर २३ गते आइतवार

दाङका सडकमा टाइम कार्ड लागु गर्ने तयारी : घोराही-तुलसीपुर ७० मिनेट तय


दाङ,७ फागुन । सवारी दुर्घटना न्यूनिकरण गर्न दाङका सडकमा फागुन १४ गतेदेखि टाइम कार्ड लागु गरिने भएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको अध्यक्षतमा यातायात व्यवसायी सम्वद्ध सरोकारवाला सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो।

पछिल्लो समय दाङका सडकहरुमा यात्रा सुरक्षीत र भरपर्दो नदेखिएपछी यसलाई थप व्यवस्थीत गर्न टाइमकार्ड लागु गर्न लागीएको हो ।
दाङमा सवारी दुर्घटनाको जोखीम दिनप्रतिदिन बढिरहदा सडक यातायात व्यवस्थित अभियान अन्तरगत घोराही-तुलसीपुर र घोराही-लमही-भालुवाङ सडकमा टाइम कार्ड लागु गरिदैछ ।

फागुन १४ गते तुलसीपुरको नयाँ बसपार्कबाट सुरु गरेर टाइम कार्ड लागु भएको घोषणा गरिने दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले जानकारी दिनुभयो ।

सडकमा यातायात व्यवस्थापनलाई सुरक्षित,भरपर्दो र व्यवस्थित बनाउन टाइम कार्ड लागु गर्ने विषयमा यातायात सम्बद्ध सरोकारवालाहरु सहितको अर्को वृहत बैठक आगामी फागुन १३ मा पुनः बोलाईएको छ ।

सरोकारवालाको बैठक पश्चात फागुन १४ देखि टाइम कार्ड लागु गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।

यातायात सम्बद्ध सरोकारवालसंग बसेको बैठकले टाइम कार्ड लागु गर्ने विषयमा निणर्य भैसकेको छ । तर पुनः एक पटक पूर्व तयारी स्वरुप बैठक बोलाएको उहाँले बताउनुभयो ।

टाइम कार्ड लागुको समय तुलसीपुरको नयाँ बसपार्कबाट तोकिने छ । टाइम कार्ड लागु भएपछि तुलसीपुरबाट घोराहीका लागि छुट्ने सार्वजनिक सवारी साधन बस,टिप्पर र ट्रकको नारायणपुरमा जाँच गर्ने व्यवस्था मिलाइएको छ । भने अन्य विभिन्न स्थानमा छड्के अनुगमन समेत गरिने छ । टाइम कार्ड सुरू भएपछी तोकिएको समयमा मात्र सम्बन्धीत स्थानमा पुग्नुपर्ने हुन्छ ।

सवारी जाँचका क्रममा नियमको उल्लङ्घन गरेको पाइएमा ठाँउको ठाँउ जरीवाना गरीनेछ । टाइम कार्ड यातायात व्यवसायी,ट्राफिक प्रहरी र सरोकारवालाको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिनेछ ।

पहिलो चरणमा घोराही-तुलसीपुर र घोराही-लमही-भालुवाङ सडकामा लागु भएपछि यसको प्रभावकारीताको मूल्याङ्कन गरेर अन्य सडकहरुमा गुड्ने सवारी साधनमा पनी सञ्चालन गर्न सकिने तयारी गरिएको छ । ट्राफिक प्रहरीले अहिले तयार पारेको समय निर्धारण अनुसार तुलसीपुरदेखि घोराहीसम्मको समय अवधि ७० मिनेट तय गरिएको छ । यस्तै तुलसीपुरदेखि नारायणपुरसम्म ४० मिनेट समय तय गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस