२०८१ मङ्सिर २२ गते शनिवार

सबै धर्मको सम्मान नै समाज विकासको आधार हो : केसी

तुलसीपुर, ९ पुस । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले सबै धर्मको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । तुलसीपुर-३ मा रहेको दमारगाउँ चर्चमा ‘ख्रिष्टमस डे’ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा डा. केसीले सबै धर्मको सम्मान नै समाज विकासको आधार भएको बताउनुभयो ।

उहाँले आस्थाको हिसावले जुनसुकै ठाउँमा भएपनि सबै धर्मको मूल मर्म नै एकले अर्कालाई सहयोग गर्नु रहेको बताउनुभयो । ख्रिष्टमस डेको अवसरमा शुभकामना व्यक्त गर्दै डा. केसीले जात वा धर्मको हिसावले कसैले पनि विभेद गर्न नपाईने बताउनुभयो । उहाँले दमारगाउँ चर्चकोको नयाँ भवन निर्माणमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा दमारगाउँ चर्चका पास्टर टोप बहादुर महताराले संस्कारसहितको समाज निर्माणमा जोड दिने गरेको बताउनुभयो । उहाँले ख्रिष्टमस डेको अवसरमा शुभकामना व्यक्त गर्दै सबै धर्मको मूल मर्म नै विभेदरहित समाजको निर्माण गर्नु भएको बताउनुभयो । उहाँले आफु ख्रिष्टिएन भएपनि सबै धर्म र जातजाती लगायतको सम्मान गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, दमारगाउँ चर्चका कोषाध्यक्ष गिता बिष्ट महतारा, प्रसेनी चर्चका ललित बहादुर बुढा, प्रतिज्ञा बुढा लगायतले सकारात्मक सोचको विकास गराई विभेदरहित समाजको निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । दमारगाउँ चर्चका अध्यक्ष धनसरा बिकको अध्यक्षता तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. केसीको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण सचिव साबित्रा विकले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस