
दाङ, ४ पुस ।
दाङमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर १८ प्रगति टोलका कृष्ण घर्तीमगरको छोरी १७ वर्षिय माया घर्तीमगरको मृत्यु भएको हो ।
ट्याक्टरबाट खस्दा घाइते भएकी मायालाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो घोराही १८ रानीजरुवाबाट घोराही तर्फ जादै गरेको रा १ त १६५५ नम्बरकोे खाली ट्याक्टरबाट खस्दा घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक फरार रहेकाले खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार