२०८१ असार ९ गते आइतवार

टिप्परको ठक्करबाट मोटरसाइकल अगाडीको पांग्रा उछिटीयो, सवार दुई जना गम्भिर घाईते

दाङ, ३० मंसिर । दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुवै जनाको पहिचान खुलेको छैन् । गएराती सवा १० बजेतिर घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही-१० नारायणपुरमा दुर्घटना भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ प १३०७ नम्बरको टिप्पर र विपरित दिशाबाट आइरहेको रा २ प ५५८९ नम्बरको मोटरसाईकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिनुभयो । ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको एसपी केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस