
तुलसीपुर, २९ मंसिर । तुलसीपुर क्षेत्रमा भोलि विद्युत नआउने भएको छ । विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले भोलि चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।
तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन र ११ केभि वरपरका रुखका हाँगा फडानी गर्नुपर्ने भएकाले लाइन कटौति गरिने तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताउनुभयो ।
बालापुर, सुकौरा, भमके, एयरपोर्ट, कृष्णमन्दीर , मानपुर बिजौरी र सल्यानको कपुरकोट फिडर अन्तर्गतका सम्पूर्ण क्षेत्रमा विद्युत अवरुद्ध हुने उहाँले बताउनुभयो । यसअघि गत कार्तिक १८ गते जाजरकोट भूकम्पका कारण स्थगित भएको थियो ।
प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार