२०८१ चैत्र ८ गते शुक्रवार

तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जना घाइते

तुलसीपुर, २२ मंसिर । तुलसीपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । ट्रकको ठक्करबाट एक जना, स्कुल बसको ठक्करबाट एक जना र अटो दुर्घटनामा परी तीन जना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्ले जानकारी दिनुभयो ।

तुलसीपुरबाट सितलपुरतर्फ जादै गरेको ना २ ख ९८२४ नम्बरको ट्रकले तुलसीपुर उपमहानगरपालिका नम्बर ११ उरहरीमा बिपरित दिशाबाट आउदै गरेको रा ७ प ६५५५ नम्बरको माटरसाइकललाई ठक्कर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का २१ वर्षका अस्मित गिरी घाइते भएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

मोटरसाइकल चालक गिरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिटी अस्पताल तुलसीपुरमा पठाईएको मल्लले जानकारी दिनुभयो । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै स्कुल बसको ठक्करबाट पैदल यात्रु घाइते भएका छन् । घाईते हुनेमा तुलसीपुर ७ गैरापातुका २४ वर्षीय पबित्रा चन्द रहेको प्रहरीले जनाएको छ ।


घाईते पवित्राको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात डिस्चार्ज भएको मल्लले बताउनुभयो ।

शुक्रबार बिहान साढे ९ बजेतिर तुलसीपुर ७ गैरापातु रानिजरूवाबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको दिब्यकुन्ज ईङ्लिस बोर्डिङ स्कुलको बसले चन्दलाई ठक्कर दिएको हो । यस्तै तुलसीपुर-९ मा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर ९ डाँडाकुटीका २१ वर्षीय कल्पना वली, सोही ठाँउका २२ वर्षीय तिलक केसी र १८ वर्षीय सबिन केसी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात डिस्चार्ज गरिएको मल्लले जानकारी दिनुभयो ।

शुक्रबार बिहान करिब १२ बजेतिर तुलसीपुर ९ चुलेसी दमारगाउबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४७०९ को अटो आफै अनियन्त्रित भई सडकको दायाँ नालामा पल्टिदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस