२०८१ असोज १८ गते शुक्रवार

कपुरकोटमा लैङ्गिक हिंसा बिरुद्ध बक्तृत्वकला र लोक दोहोरी गित प्रतियोगिता हुने

सल्यान, २१ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिने भएको छ । लैङ्गिक आधारमा गरिने हिंसाको अन्त्य गर्न सन्देश प्रबाह गर्ने गरि कार्यक्रम गर्न लागिएको हो ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चतता, महिला बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नारा सहित गाउँपालिकाको प्राङगनमा आज बिहिबार हुने कार्यक्रममा बक्तृत्वकला तथा लोक दोहोरी गित प्रतियोगिता राखिएको छ ।

मंसिर १५ गते देखि २० गते सम्म वडा स्तरमा भएका प्रतियोगितामा प्रथम, द्धितिय भएका आमा समुह,पुरुष कर्मचारी र महिला जनप्रतिनिधि तथा महिला कर्मचारी र पुरुष जनप्रतिनिधि बिच प्रतिसपर्धा हुने माहिला बालबालिका तथा जेष्ठ नागरिक ईकाइका प्रमुख हिरा कुमारी वलीले जानकारी दिनुभयो ।

पालिकास्तरमा हुने प्रतियोगितामा बक्तृत्वकला तर्फ तथा लोक दोहोरी गित प्रतियोतिमा प्रथम द्धितिय र तृतिय हुने समुहरुलाई क्रमशः प्रथम हुनेले २५ सय,द्धितिय हुनेले २ हजार,तृतिय हुनेले १६ सय तथा लोक दोहोरी गित प्रतियोगिता तर्फ प्रथम हुनेले ३५ सय,द्धितिय हुनेले ३ हजार र तृतिय हुनेले २५ सय पुरस्कार पाउने वलीले जानकारी दिनुभयो ।

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक अधिकारको असमान वितरण, बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू लैङ्गिक हिंसा अन्तर्गत पर्दछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस