
दंगीशरण, १७ मङ्सिर ।
दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा संचालित वित्तीय शिक्षा र डिजिटल साक्षरता सम्बन्धि छ महिने तालिमको समापन गरिएको छ ।
वडा नं. ३ मा संचालित समुन्नती परीयोजना अन्तर्गत विभिन्न ८ वटा समुहहरुको आयोजना तथा प्रेक्टीकल एक्सन र डिप्रोक्सको सहजीकरणमा ६ महिने तालिमको समापन गरिएको हो ।
कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बदलिँदो समय अनुसार र प्रविधि अनुसार अगाडी बढ्न डिजिटल साक्षरता निकै उपयोगी रहेको बताउनुभयो ।
अहिलेको अवस्थामा हरेक कुराको डिजिटलाइज हुने भएकाले आफ्नो व्यवसाय तथा हरेक दैनिक जीवनमा काम लाग्ने कुराहरु तालिमले दिएकोप्रति खुसि व्यक्त गर्नुभयो ।
यस्तै सहभागीहरुले तालिमले गर्दा आफुहरु मोबाइल चलाउन सक्ने भएको, घरमै बसी विद्युत खानेपानीको बिल तिर्न सक्ने भएको र मोबाइल एप्सबाटै सबै कारोवार गर्न सक्ने भएको बताएका छन् ।
प्रेक्टीकल एक्सनका प्रोग्राम अफिसर शिबलाल शर्माले दैनिक जिबनमा काम लाग्ने हरेक कुरामा डिजिटलाइज तवरले अगाडी लगि दैनिक जिबन सहज र सरल बनाउन र परिवर्तीत समाज अनुसार अगाडी बढ्न सक्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
यस्तै डिप्रोक्स नेपालका उप निर्देशक कृष्ण न्यौपानेले आम्दानि र खर्चको सहि लेखाजोखा गर्न र परिवारलाई सु-व्यवस्थित बनाउन डिजिटल बित्तिय साक्षरता फलदायी हुने बताउनुभयो ।
वडा नम्बर ३ का विभिन्न ८ वटा समुहका महिलाहरुमाझ ६ महिनासम्म दिएको डिजिटल बित्तीय साक्षरता तालिमको समापन अवसरमा प्रमाणपत्र समेत प्रदान गरिएको हो ।
समापन कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा जिल्ला समन्वय समितीका सदस्य टोपाराम चौधरीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
डब्लुडीसीका शुष्मा चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण डब्लुडीसीका सरिता चौधरीले गर्नुभएको छ ।