
दाङ, १३ मंसिर । नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव परेको छ । यसकै प्रभावका कारण अस्तिदेखि दाङ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म छ ।
दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
तर,पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कणर्ाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनिले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ ।
प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार