२०८१ माघ ९ गते बुधवार

ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार किशोरीको मृत्यु


नेपालगन्ज, ११ मंसिर । बाँकेको नेपालगन्जमा ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका धम्बोझी चोक नजिकै आइतबार साँझ ना.३ ख. ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा नेपालगन्ज-१७ की १७ वर्षीया किशोरी सालीनी पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बुवा दिलीपकुमार पाठकको चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते भएका मोटरसाइकल चालक दिलीप भने सामान्य उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस