
रुकुम पश्चिम, ४ मंसिर । रुकुम पश्चिममा जिप दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा परी २२ जना घाईते भएका छन् । घाइतेहरू सबैलाई चौरजहारी मिसन अस्पतालमा पुर्याइएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । रुकुम पश्चिमको चौरजहारीबाट मुसीकोटतर्फ आउदै गरेको लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका-८ गोइरीज्यूला नजिक सोमबार बिहान पौने १० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनाको थप विवरण आउन बाकी छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार