२०८१ जेष्ठ ५ गते शनिवार

ग्वारखोलामा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

दाङ, ४ मंसिर । दाङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी चालक शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षिय अमृत केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घोराहि- तुलसीपुर सडकखण्डको गुहारखोला नजिकै तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ४ प ८४६४ मोटरसाइकल र घोराहीदेखि तुलसीपुरतर्फ आउदै गरेको रा ७ प ६५५४ नम्बरको मोटरसाइकल आइतबार ग्वार खोला नजिकै एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा ४ प ८४६४ नम्बरको मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका १ श्रीनगरका २४ वर्षिय दिनेश बुढाथोकी र मोटरसाइकलको पछाडी सवार सोही ठाँउ निवासी २४ वर्षिय कमल केसी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस