
कमिरेचौर, १० कार्तिक । दाङको बंगलाचुली गाउँपालिकाको पर्यटकिय स्थल बंगलाचुली लेकमा रहेका भौतिक संरचनामा पुगेको क्षेतीको मर्मतको काम सकिएको छ ।
शनिबार कोजाग्रत पुणर्िमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरि बंगलाचुली गाउँपालिकाले सो स्थानको मर्मत गरेको हो ।
गाउँपालिकाको वडा नम्वर ५ मा अवस्थित बंगलाचुली लेकमा रहेका भौतिक पूर्वाधारहरुमा पुगेको क्षतिलाई वडा कार्यालयको अगुवाईमा मर्मत सम्भारको थालनी गरिएको थियो ।
सो ठाउमा क्षतिपुगेका संरचनालाई मर्मत,डेन्टिङ पेन्टिङ,झाडि सफाई गेट निर्माणको काम गरिएको वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्तीले जानकारी दिनुभयो ।
यसैविच गाउँपालिका अध्यक्ष पुनमगरले बंगलाचुली लेकमा सम्पन्न भएको कामको अवलोकन गर्नुभएको छ । त्यस अवसरमा वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्ती स्थानिय समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।
मेलामा स्थानिय सराय र सोरठी नाच प्रस्तुत हुने वडा अध्यक्ष घर्तिले जानकारी दिनुभयो ।