२०८१ जेष्ठ ९ गते बुधवार

घुम्न जाने होइन त गणेशपुर पार्क (फोटो फिचर)

दाङ, ७ कार्तिक । दशैँ, तिहारमा धेरै जसो पर्यटकियस्थल भरिभराउ हुन्छन् । धेरैलाई कहाँ घुम्न जाने भन्ने चिन्ता पनि हुन्छ । दाङमै पनि घुम्नलायक पर्यटकीयस्थल छन् ।

न गर्मी न जाडोको जलवायु । चारैतिर हरियो पहाडले घेरेको उपत्यका हो दाङ । भौगोलिक विविधता, जातिय, भाषिक, सास्कृतिक, विविधता धार्मिक एवम् प्राकृतिक सम्पदाले दाङ धनि छ ।

दाङको तुलसीपुरमा घुम्नु पर्ने ठाउँहरु पनि धेरै रहेका छन् । विशेष गरेर तुलसीपुर आउने पर्यटकहरुले राप्ती शान्ति उद्यान घुम्न छुटाउँदैनन् ।

बजारको नजिक र सुन्दर पर्यटकीयस्थल भएकाले पनि गणेशपुर पार्कमा पर्यटकहरु आउने गरेका छन् । जुन तुलसीपुर उपमहानरपालिका- ७ गणेशपुरमा रहेको छ ।

जहाँ बुद्धको मूर्ति, पानीको फोहरा, कृतिम छहरासँगै बाल उद्यानहरु छन् ।

पार्कमा लुम्बिनी प्रदेश, कणर्ाली र गण्डकी प्रदेशबाट पर्यटकहरु अवलोकनको लागि आउने गरेका छन् ।

गत वर्ष दशै तिहारको समयमा पार्कमा करिब २३ हजारले अवलोकन गरेको अध्यक्ष डिल्लीराज भण्डारी बताउनुभयो ।

चाडपर्वमात्रै नभएर अन्य समयमा पनि दैनिकजसो पर्यटकहरु घुम्न आउने आउने गरका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस