२०८१ फाल्गुन ३ गते शनिवार

कर्णाली प्रदेशसहित तीन प्रदेशमा मौसम बदली

सल्यान, ६ कार्तिक । कर्णाली प्रदेशसहित सुदुरपश्चिम र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली भएको छ । मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रको मौसम बदली भएको हो ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

तीन प्रदेशमा बाली भित्र्याउने तयारी भएको भए मौसमी अवस्थाबारे जानकारी राख्न मौसमविद्को सुझाव छ ।

यस्तै, यात्रा गर्दा पनि सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । बाग्मती, कोशी, मधेस र लुम्बिनी प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले दाङ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस