२०८१ माघ ८ गते मङ्गलवार

अटो विद्युतको पोलमा ठोक्किदा पाँच जना घाइते

दाङ, ५ कार्तिक । दाङको देउखुरीमा अटो दुर्घटनामा हुँदा चालक सहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा गढवा गाउँपालिका ३ का ५० वर्षिया शिउकुमारी चौधरी, सोही ठाउका ४५ वर्षिया अनिता चौधरी, राप्ती गाउँपालिका ४ मौरीघाटका ३२ वर्षका मंगलप्रसाद चौधरी, सोही पालिकाको वडा नम्बर ५ का ९ वर्षिया निसिका चौधरी र अटो चालक राप्ती गाउँपालिका-५ लठ्ठहवाका ३७ वर्षिय कमल चौधरी घाइते हुनु भएको छ ।

घाइते मध्ये ३ जनाको बुटवल सिटी हस्पिटलमा उपचार भइरहेको छ भने अनिता चौधरीको बुटवलबाट थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएको छ ।

गएराति सिसहनियाँ बजार देखि छोट्की सिसहनियाँ जाँदै गरेको रा १ ख ६०४५ नम्बरको अटो रिक्सा छोट्की सिसहनियाँमा आफै अनियन्त्रित भई सडकको दायाँ विद्युतको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।

चालकले मादकपदार्थ सेवन गरि अटो चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस