२०८१ माघ २ गते बुधवार

दाङमा फूलपातीकै दिन अटो दुर्घटनामा परी एक जनाको मृत्यु

दाङ, ४ कार्तिक । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बंगलाचुली गाउँपालिका -५ झेलखोलाका ५५ बर्षीया बिबा बुढामगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी ३६ बर्षीय मतिराम बुढा, ३० बर्षीय ऋखिराम बुढा, ४० बर्षीय मानबहादुर बुढा र २६ बर्षीय हिरा बुढा घाइते हुनुभएको छ । मृत्यु हुने र घाइते हुने सबै जना एकै परिवारका रहेको प्रहरीले जनाएको छ ।

घाइतेको घोराहीस्थीत राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिनुभयो ।

झेलखोला गाउँबाट बंगलाचुली गाउँपालिका मुर्कुटी बजारतर्फ आउँदै गरेको रा १ ह २४०१ नम्वरको अटो शनिबार दिउँसो बंगलाचुली गाउँपालिका -५ झेलखोलामा दुर्घटनामा परेको हो ।

अटो सडकबाट तल खसेको प्रहरीले जनाएको छ । अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस