२०८१ जेष्ठ ९ गते बुधवार

घर जान लागेका सन्तरामको स्कारपियोको ठक्करबाट मृत्यु

दाङ, ३ कार्तिक । दाङको देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी ३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएको छ ।

बिहीबार राती करिब ९ बजेको समयमा भालुवाङ- लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका-५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले लमहीदेखि लठ्ठहवा घरतर्फ आउँदै गरेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चौधरी गम्भीर घाइते हुनुभएको थियो ।

घाइते चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएर भालुवाङ पठाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस