२०८१ माघ ९ गते बुधवार

आज बडादसैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दाङ, २९ असोज । बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ ।
नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ ।

पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान प्राप्त गर्न सकिने धार्मिक विश्वास छ । बडादसैं अन्तर्गत् घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ ।

नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस