२०८१ माघ २ गते बुधवार

बिहानै मनाङ एयरको हेलिकप्टर दुर्घटना

दाङ, २७ असोज । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको छ ।

मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७ : १३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उहाँलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन’ सूचना अधिकारी भुलले भन्नुभयो -‘हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन ।’

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस