२०८१ चैत्र ८ गते शुक्रवार

सल्यानमा रोकिराखेको ट्याक्टर ब्याक हुँदा एक बालकको मृत्यु

सल्यान, २६ असोज । सल्यानमा रोकिराखेको ट्याक्टर अचानक चल्दा एक बालकको मृत्यु भएको छ । रोकिराखेको ट्याक्टर अचानक व्याक सर्दा शारदा नगरपालिका वडा नम्बर ४ लामाडाँडा टोलका देब बहादुर चन्दका ५ बर्षिय छोरा दिपशन चन्दको मृत्युु भएको हो ।

शुक्रबार दिउसो साढे तीन बजेतिर घर अगाडी पार्किङ गरि राखेको रा १ त २८६२ नम्बरको ट्याक्टर व्याक सर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

ट्याक्टर पछाडि बच्चाहरु खेलिरहेका थिए । तर अचानक ब्याक सर्दा बालकाको मृत्यु भएको हो । ट्याक्टर प्रहरीको नियन्त्रमा छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पल सल्यानमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस