२०८१ माघ २ गते बुधवार

राप्ती नदिमा माछा मार्ने क्रममा वेपत्ता युवकको शब तीन दिनपछि फेला

दाङ, १५ असोज । राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिन पछि फेला परेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता हुनुभएको थियो ।

इलाका प्रहरी कार्यालय, भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराति करिब २ बजेको समयमा गढवा गाउँपालिका-१, जेठानगाउँको राप्ती नदीघाटमा चौधरीको शव फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

नदीमा जालले माछा मार्ने क्रममा चौधरी बगेर बेपत्ता हुनुभएको थियो । चौधरीको शव पोष्टमार्टमका लागि घोराही पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस