
तुलसीपुर,१४ असोज । अक्टोबर १ अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा गरेको छ ।
शान्ति समाज दाङका सभापति कोमल डिसीको सभापतितब जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीको प्रमुख आतिथ्यमा भएको हो ।
सो अवसरमा अधिकारीले जेष्ठ नागरिकको सवाललाई थप उजागर गरि सम्बोधन गराउन सहयोगका लागि शान्ति समाजलाई आग्रह गर्नुभयो।
समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले जेष्ठ नागरिकका लागि सुबिधा सम्पन्न दिवा सेवा,निशुल्क स्वास्थ सेवा,सन्तानबाट पालन पोषणको ब्यबस्था गराउन सरकारसग आग्रह गर्नुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला , बालबालिका,जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठ,वरिष्ठ समाज सेबि तिलकबहादुर बस्नेत, बृद्व सेवा समिती तुलसीपुर नगर सन्जालका संयोजक पुर्ण बहादुर खडका लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष यज्ञ बहादुर बिकले स्वागत र सन्चालन सहसचिव माधव बस्नेतले गर्नुभएको थियो ।