२०८१ जेष्ठ ५ गते शनिवार

काठ्माण्डौबाट रोल्पाका लागि छुटेको बस दुर्घटना

दाङ, १० असोज । काठ्माण्डौबाट रोल्पाका लागि छुटेको बस दुर्घटनामा परेको छ । नमस्ते आशिर्वाद यातायात सेवा प्रालिको ना ५ ख ६१२५ नम्बरको बस बुधबार बिहान साढे पाँच बजेतिर कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ मा दुर्घटनामा परेको हो ।
बस सडकभन्दा छेउमा पुगेको छ ।

तर बसमा चालक र यात्रु सबै सकुशल रहेका छन् । चालक निदाएर दुर्घटना भएको हुन सक्ने कपिलवस्तु प्रहरीले जनाएको छ । पछिल्लो समय दैनिकजसो सवारी दुर्घटना हुन थालेका छन् ।

मंगलबार बिहानमात्रै काठ्माण्डौबाट सुर्खेतका लागि छुटेको कणर्ाली प्रदेश ०२-००१ ख-०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमही-९ अमिलियामा दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए ।

सोमबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डको सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलाको सेतापैरामा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस