२०८२ बैशाख १० गते बुधवार

कसको हो त, हात्तिखौवा नजिकै खोल्सामा फेला परेको बुलेट बाइक ?

तुलसीपुर, ३ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को हात्तिखौवा नजिकै खोल्सामा बुलेट बाईक वेवारिसे अवस्थामा फेला परेको छ ।

घोराही-तुलसीपुर सडक खण्ड अन्तगर्त तुलसीपुरको हात्तीखौवा नजिकको खोल्सामा रा ८ प १७२१ नम्बरको खैरो रंगको बुलेट बाइक वेवारिसे अवस्थामा फेला परेका छ ।

मोटरसाईकल धनि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गौरीगाउँको रहेको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित धनी सम्पर्कमा आएर बाइक दुर्घटनामा परेकोले गएराती दुर्घटनास्थलमै छोडेर गएको बताएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ७ बजेतिर स्थानीयले मोटरसाईकल खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मोटरसाइकलमात्रै फेला परेको छ । मोटरसाइकलको चावी पनि नभएकाले सम्बन्धित व्यक्तिले चलाएको समयमा दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस