२०८१ माघ ९ गते बुधवार

पलम्बर तथा पेन्टरसंग भेटघाट

तुलसीपुर,३० भदौ ।
भुवनेश्वरी हार्डवयर प्रालि तुलसीपुरले शनिबार पलम्बर तथा पेन्टर संग भेटघाट कार्यक्रम गरेको छ । प्रालिका संचालक नवीन राईको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेरोल्याक पेन्ट्स, किसान पाईप र मार्वल पाईपको गुणस्तर, विशेषता र कम्पनिले दिएको स्किम लगाएतका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा मार्वल पाईपका दाङ डिष्ट्रीब्युटर्स बिनोद भण्डारी, किसान पाईपका जिल्ला बजार प्रतिनिधि तुलसी गिरी , नेरोल्याक पेन्ट्सका जिल्ला बजार प्रतिनिधि बिजय बोहराले पाईप तथा पेन्ट्सका बारेमा जानकारी दिनुभयो ।

त्यस अबसरमा १२ जना पेन्टर तथा ८ पलम्बर गरि २० जनाको सहभागिता रहेको थियो । युवा व्यवसायी कमल डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन लक्ष्मण बस्नेतले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस