अमिलिया, २७ भाद्र ।
पुर्व-पश्चिम महेन्द्रराजमार्ग स्थित लमही ९ चाँदनिचोक अमिलिया दाङ्गमा सुविधा सम्पन्न होटल मानसरोवर संचालनमा आएको छ ।
होटल मानसरोवर वैदिक संस्कार अनुसार कर्मकाण्ड तथा सन्त निरंकारि मण्डल नेपालका प्रमुख देवराज रिमालले सत्संग प्रवचन आशिर्वचन प्रदान गरि वैदिक उद्घाटन गर्नु भएको हो ।
‘व्यावसाय बहाना हो । उहाँले भन्नुभयो-‘शान्ति जनजनमा पुर्याउनु मुख्य चाहना हो’ पुर्व-पश्चिम राजमार्गको कोहलपुरदेखि लमही तथा चाँदनिचोक देखि तुलसीपुर नपुगे सम्म यात्रुहरुले चाहे अनुसारको आवसिय शाकाहारि तथा मांसहारि सेवा भएको होटल अभावको महसुस गर्दै शान्तिको सन्देश प्रवाह संगै सेवा थालेको निरंकारि भक्त तथा संचालक दिन बहादुर जिसिले बताए ।
अहिलेसम्म करिब पैतिस लाख लगानी गरिएको होटल मानसरोवरमा ग्राहक महानुभावहरुको चाहना बमोजिम शाकाहारि , मांसहारि भोजन वातावरणकुलिन सयन तथा सभा कक्ष आधुनिक संचार उपकरण सुरक्षा द्वारा सेवा प्रवाह गरिने संचालक जिसिको भनाइ रहेको छ ।
वैदिक परम्परा संस्कार अनुसार उद्घाटन समारोह आज गरिएको छ भने ग्राहकहरुलाई असोज ६ गतेदेखि नियमित सेवा प्रदान गरिने संचालक जिसिले जानकारी दिनुभयो ।
बहुउद्देश्यीय सुविधा सम्पन्न वातानुकुलिन सभा कक्ष सहितको सुविधा सम्पन्न होटल संचालनमा आउँदा स्थानीय किसानहरुको व्यावसायिक स्तरोन्नति प्राकृतिक पुरातात्त्विक स्थल अध्यन बाँके निकुञ्ज अवलोकन राप्ती नदिमा जलयात्रा लगायतका सम्भावना प्रबर्द्धनमा होटल मानसरोवर हुने स्थानीय हरुको भनाइ रहेको छ ।