२०८१ माघ ६ गते आइतवार

तुलसीपुर कारागारलाई हिल ट्यांकी

दाङ, २५ भदौ । कारागार कार्यालय तुलसीपुरमा हिल ट्याङ्की सहयोग गरिएको छ । समाजसेवी टोपबहादुर महताराको पहलमा नेपाल बन्दी सेवा संघले दुई हजार लिटरको हिल ट्याङ्की उपलब्ध गराएको कारागारका प्रमुख जेलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी नेपाली कांग्रेस तुलसीपुर उपमहानगरका सभापति सुरेश हमालको पहलमा शान्तिनगर गाउँपालिकाले एक हजार लिटरको हिल ट्याङ्की कारागारमा रहेका कैदी बन्दीहरुको लागि उपलब्ध गराइएको छ ।

पानी ट्याङ्की उपलब्ध भएसंगै कैदीबन्दीलाई सहज हुने कारागार प्रशासनले जनाएको छ । सहयोग गर्ने दाताहरुलाई कारागार कार्यालयले धन्यबाद ज्ञापन गरेको हो ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस