२०८२ बैशाख १० गते बुधवार

देउखुरीमा बालकविता प्रतियोगिता


दाङ, २२ भदौ । नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता देउखुरी क्षेत्र अन्तर्गत शुक्रबार सम्पन्न भएको छ ।

राती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा भएको बालकविता प्रतियोगितामा देउखुरी क्षेत्र भित्रका करिब २४ जना बढी विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् पुरस्कार संस्थापक पुरूषोत्तम खनालको प्रमुख अतिथ्यता तथा श्री आदर्श माध्यामिक विद्यालय देउपुर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरी र प्रध्यानध्यापक कुलचन्द्र पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।

नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि सम्पन्न बालकविता प्रतियोगितामा साहित्यकार डा. हिमलाल पन्थी र विणा रोकाले निणर्ायकको भूमिका निर्वाह गर्नुभएको थियो । देउखुरी क्षेत्रका लागि सम्पन्न बाल कविता प्रतियोगितामा श्री जनता मा वि का निर्जला पुन मगर प्रथम, गोरखा नमुना मा वि का शिल्पा केसी द्वितीय, श्री मा वि फल्कापुर समीर केसी तृतीय, श्री आदर्श मा वि देउपुरका अस्मिता खनाल सान्त्वना भएका छन् ।

राप्ती साहित्य परिषद्का सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरूषोत्तम खनालले आफ्नी आमाको स्मृतिमा यो पुरस्कार अक्षकोषको स्थापना गर्नुभएको हो ।

बालकविता प्रतियोगिता कार्यक्रममा देउदुरी साहित्य मञ्च अध्यक्ष एवम् राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकार हरी पोख्रेल, लुम्बिनी बाङमय प्रतिष्थान का अध्यक्ष निमबहादुर थापा, साहित्यकाररू डा हिमलाल पन्थी, ग गगांनाथ कोईराला, छविलाल कोपिला, अर्जुनकुमार पौडेल (अर्जुन शर) , तेजप्रसाद खनाल, आदर्श मावि शिक्षक अभिभावक संघका अध्यक्ष जीतबहाुर केसी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरी , प्रमुख अतिथि पुरूषोत्तम खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य विणा रोकाको स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको सहजीकरण देउखुरी क्षेत्रका संयोजक एवम् परिषद् का सदस्य गुरूप्रसाद कुमल बुलबुलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस