२०८१ माघ ८ गते मङ्गलवार

गोवा तीज धमाकामा गायक रामजी र प्रेम विवश गोवा जाँदै

दाङ,१७ भदौ । राष्ट्रिय लोकदोहोरी गायक रामजी खाण र प्रेम विवश घर्ती नेपालबाट भारतको गोवामा हुन लागेको तिज विशेष साँस्कृतिक कार्यक्रम्मा जाने भएका छन् ।

हिन्दु नारीहरुको महान पर्व तिजको दिन तालीगाव गोवा भारतमा हुन लागेको तिज विशेष साँस्कृतिक कार्यक्र २०८०मा गोवामा रहेका नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई छमछमी नचाउनको लागी गायक द्वय गोवा जान लागेका हुन् ।

गोवा तिज विशेष साँस्कृतिक कार्यक्रम् समितीको आयोजनामा हुन लागेको कार्यक्रम्मा स्थानिय चर्चीत गायक प्रकाश वि.सी., गायिका पृती स्वर्णाकार, गायक श्याम कुमार वि.सी मोडल प्रकाश गीरी, विरु पुन , गायक कमल वि.सी., मोडल जुनु मगर लागायतको बेजोड प्रस्तुती रहने अध्यक्ष राजु वि.सी. ले जानकारी दिएका छन् ।

प्रवासमा रहेपनी नेपाली पर्व तथा सँस्कृतिको जगेर्णा गर्नु युवाहरुको दायित्व रहेको भन्दै गोवामा रहेका ९ जना युवाहरु मिलेर तिज विशेष साँस्कृतिक कार्यक्रम्को आयोजना गरेको आयोजकले बताएको छ ।

आयोजक समितीमा राजु वि.सी. अध्यक्ष ,चर्चित गायक प्रकाश वि.सी., करण सेर्पाइली उपाध्यक्ष, हुम घर्ती महासचिव ,मनिष परियार कोषाध्यक्ष , आकाश वि.सी. सह सचिव, चर्चीत स्थानिय गायक श्याम कुमार वि.सी. सदस्य, शेखर पुन सदस्य , र कमल सुनार प्रमुख सल्लाहकारमा रहेका छन् ।

१८ सेप्टेम्बरको तिजको दिन तालिगाउँ पञ्चायत कम्युनिटी हल पन्जी गोवामा हुने उक्त कार्यक्रम्को तयारी ९० प्रतिशत पुरा भएको आयोजकले जानकारी दिएको छ भने गोवा वासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित भई राष्ट्रिय तथा स्थानिय कलाकारहरु सँग रमाइलो गर्दै कार्यक्रम्लाई भव्यरुपमा सम्पन्न गर्न को लागी अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस