२०८१ जेष्ठ ८ गते मङ्गलवार

सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटना

दाङ, १७ भदौ । सल्यानमा बस पल्टिँदा ७ जना घाइते भने दुई जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेर सल्यानको बागचौर नगरपालिका ६ चिसापानीका २५ बर्षिया रञ्जना शाह र चौलाबोटका ६० बर्षिय गमबहादुर वलीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै अन्य घाईते हुनेमा सल्यानको बागचौर नगरपालिका ६ का २९ बर्षिया गिता बुढाथोकी, रातामाटाका ६३ बर्षिय बिक्रम वली, मालाजुङका २७ बर्षिया लिला खत्री र कोटबाराका ६५ बर्षिया तिलसरा बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो ।

सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५४१ नम्बरको बस आज बिहान साढे १० बजेतिर दुर्घटना भएको उहाँले जानकारी दिनु भएको छ ।

त्यस्तै गाडी चालक तुलसीपुर ५ का ४७ बर्षिय नरेन्द्र बिकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस