२०८१ चैत्र ८ गते शुक्रवार

मावि तुलसीपुर सेन्टरमा विद्यार्थीले नि : शुल्क शिक्षासंगै पैसा पनि पाउने

तुलसीपुर, १४ भदौ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा निशुल्क पढाइसंगै पैसा पनि पाइने भएको छ । देशभरीमै मेघा विद्यालयमा पर्न सफल विद्यालयमा प्रविधि (आईटी) र इलेक्ट्रिकल विषय पढ्ने विद्यार्थीले पैसा पनि पाउने भएका हुन् ।

विद्यार्थीले दुई वर्षको अवधिमा पोशाक भत्ता वाफत ५ हजार, दैनिक खाजा खर्च वाफत एकमुष्ट ५२ हजार १ सय पाउने र दुई लाखसम्मको बिमाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो ।

चालु शैक्षिक सत्रमा प्रविधि (आइटी) विषयमा ४० जना र इलेक्ट्रिकल विषयमा ४० जनालाई प्रि डिप्लोमा तहको शिक्षा निशुल्क प्रदान गरिने भएको प्रअ पौडेलले बताउनुभयो ।

विद्यार्थीलाई भर्ना र शिक्षण शुल्क पनि नलाग्ने उहाँको भनाई छ । विद्यार्थीले आउँदो असोज २ गतेसम्म भर्ना फारम बुझाउन सक्ने विद्यालयले जनाएको छ । एसइईमा न्यूनतम ‘इ’ ग्रेट ल्याएका विद्यार्थी भर्ना हुन सक्ने प्रअ पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस