२०८१ माघ १ गते मङ्गलवार

अमेरिकामा बस्ने शारदाले ल्याईन नयाँ तीज गित

दाङ, १३ भदौ । विदेशी भुमीलाई कर्मथलो बनाएर नेपाली लोक संस्कृतिलाई निरन्तरता दिदै आएकी शारदा धितालको तिज गित बजारमा आएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर तिज गित बजारमा ल्याउदै आएकी शारदाले यस वर्ष पनि तिज गित सार्वजनिक गर्न सफल हुनुभएको हो ।

पुर्व सञ्चारकर्मी समेत रहेकी धितालले यसवर्ष ‘गाउदिन भन्छु तिजको भाका’ बोलको गित सार्वजनिक गर्नुभएको हो ।

माया प्रेमको कथावस्तुमा समेटीएको उक्त गितमा उमेरमै रमाईलो गर्नुपर्छ भन्ने सन्देश दिन खोजिलएको छ ।

पछिल्लो समय अमेरिकालाई कर्मथलो बनाएकी गायिका धितालले २०७३ सालदेखी हरेक बर्ष तिज गित बजारमा ल्याउदै आउनुभएको छ ।

यसवर्ष भर्खरै सार्वजनिक गरिएको ‘गाउदिन भन्छु तिजको भाका’ बोलको गितमा स्वर धितालको एकल रहेको छ भने शब्द र लय पनि शारदाकै छ । साहित्य विधामा पनि अब्बल मानीएकी धिताल विदेशी भुमीमा रहेर पनि विभिन्न नेपाली संघसंस्थामा जोडीएर समाज सेवामा पनि हुनुहुन्छ ।

शारदाको भर्खरै सार्वजनिक गरीएको गित अमेरिकामै रेकर्ड गरीएको हो भने गितको संगित केशब पौडेलले गर्नुभएको हो । गितको एरेन्ज बिपिन आचार्यले गर्नुभएको छ ।

भिडियो :

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस