
दाङ, ४ भदौ । सल्यानमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भिर घाइतेभएका सल्यानको दार्मा गाउँपालिका – २ की ३६ बर्षीया ओमपत खत्री र रुकुम पश्चिमको सानोभेरी-११ का ६० बर्षीय कमारो कामीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले अस्पतालमा थप १६ जना घाइतेको उपचार भइरहेको जानकारी दिनुभयो । ती मध्ये थप दुइ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ५७३१ नम्बरको यात्रु बहाक फोर्स गाडी कपुरकोट गाउँपालिका – ३ आगरखोलामा दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो ।
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार