
काठमाडौं, २ भदौ । ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०८०’ को पहिलो संस्करणका लागि आवेदन खुला गरिएको छ ।
नेप्को इन्टरटेनमेन्ट प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०८०’ को लागि आवेदन फारम खुल्ला घोषणा गरेको हो ।
नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सुर्य बहादुर मगरले म्युजिक अवार्डको नोमिनेसन खुला गरिएको घोषणा गर्नुभएको हो ।
नेपाली गीत संगीतकर्मिहरूको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन गईरहेको ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’ मा ३७ विधामा फारम खुलेको छ ।
यी विधाहरूमा अफिसियल वेबसाइट ग्लोबल अनलाइन ‘पे’बाट अनलाइन नोमिनेशन दर्ता गर्न सकिने मगरले बताउनुभयो । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति भदौ १५ गते शुक्रबारसम्म रहेको छ ।
संगीत उद्योग संघका महासचिव तथा नेप्को इन्टरटेनमेन्टका संचालक जीत सागर रावतले नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले नेप्को म्युजिक अवार्ड हुन लागेको बताउनुभयो ।
बजारमा थुप्रै म्यूजिक अवार्डहरू हुने गरेका छन् । कतिपय म्यूजिक अवार्डहरूले कलाकारलाई प्रोत्साहन गर्ने गरेको भएपनि कति अवार्ड कार्यक्रमले विकृति पनि ल्याउने गरेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
नेप्को इन्टरटेन्मेन्ट कम्पनी ०७५ सालमा स्थापना भएपछि गाउँ तथा सहरका कलाकारहरूलाई अडियो तथा भिडियो निर्माणमा अवसर दिदै आएको र विदेशमा समेत सफल कार्यक्रम गरिसकेको उहाँले अवगत गराउनुभयो ।
संगीत उद्योग संघका महासचिव तथा नेप्को इन्टरनेन्मेन्टका संचालक रावतको अध्यक्षता तथा नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सुर्य बहादुर मगरको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको हो ।
कार्यक्रमको नेपाल संगीत उद्योग संघका कार्यसमिति सदस्य जानुका मगरले गर्नुभएको हो ।