दाङ,२८ साउन । दाङमा खोलाको किनारामा शौचालय गएका एक व्यक्ति वेपत्ता भएका छन् । खोलाको किनारामा शौचालय गएका घोराही उपमहानगरपालिका वडा नं. ११ झमरेका तिलकराम विकलाई खोलाले बगाउँदा विपेत्ता भएका हुन् ।
६४ बर्षीय विक आईतबार बिहान साढे ८ बजेतिर पत्रे खोलाको किनारामा शौचालय गएका थिए । सधै खोलाको किनारमा शौचालय गर्ने गरेका विक नफर्के पछि खोजी कार्य शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार उनको छाता, चश्मा र लठ्ठी भने खोलाको किनारामा भेटिएको छ ।
उनको खोजी कार्यकालागि १७ जना प्रहरीको टोली परिचालन गरिएको छ ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार