
तुलसीपुर, २२ साउन । सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोलको तिज गित सार्वजनिक भएको छ । गित संचारकर्मी कुमालको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
टीका पुन र सिनम अधिकारीको स्वर रहेको उक्त गितको म्युजिक भिडियोमा मोडेल आरुसी मगर र मनकुमारी विक लगाएले अभिनय गर्नुभएको छ । स्वयं कुमालकै शब्द सिर्जना तथा डा. गोविन्द आचार्यको संगितमा निर्माण गरिएको गितको भिडियोलाई झग्गु भण्डारीले निर्देशन गर्नुभएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गित ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोलको गित सार्वजनिक गरिएको हो ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अध्यक्ष केसीले पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिकरण बन्दै गएका संस्कार संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिएको बताउनुभयो ।
‘तिज पर्वको जुन मर्म थियो, त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो छ, यस्तो अवस्थामा संचारकर्मी कुमालको गितले राम्रो सन्देश दिएको छ, अध्यक्ष केसीले भन्न्ुभयो- ‘समाजमा के बिक्छ, भन्दा पनि समाजलाई कसरी रुपान्तरणमा जोड दिने भन्ने कुरा कुमालको गितको सन्देश छ ।’
कार्यक्रममा साहित्यकार एवं मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले यस गितले निम्न वर्गमा मान्छेहरु पनि तिज मनाउन र रमाउन सक्छन भन्ने सन्देश दिएको बताउनुभयो ।
चलचित्र पत्रकार सघं दाङ शाखाका कोषाध्यक्ष भुपेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको हो ।