२०८२ बैशाख १० गते बुधवार

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते बस्नेतको निधन

दाङ, १७ साउन । दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका एक युवकको उपचारको क्रममा निधन भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका तुलसीपुर-१२ का ३० वर्षिय रेमन्त बस्नेतको भारतको लखनउमा उपचारको क्रममा बुधबार दिउसो निधन भएको हो ।

बस्नेत सोमबार बेलुका साढे ८ बजेतिर तुलसीपुर-१२ रझेनास्थित मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । तुलसीपुरबाट उरहरीतर्फ जाँदै गरेको बस्नले चलाएको रा ७ प ३४१६ नम्बरको मोटरसाइकल सोहि दिशातर्फ जाँदै गरेको रा २ प ४३२२ नम्बरको स्कुटीसंग ठोक्किएको हो ।

दुर्घटनामा परी बस्नेतको टाउको र शरिरमा चोट लागेको थियो । दुर्घटनापछि गम्भिर घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि लखनउ लगिएकोमा निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस