२०८२ जेष्ठ ८ गते बिहिवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भीर घाइते

तुलसीपुर, १६ साउन । तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-१२ कौवापुर निवासी रेमन्त बस्नेत गम्भिर घाइते हुनुभएको हो ।

तुलसीपुरदेखि कौवापुर जाँदै गरेको रा ७ प ३४१६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनामा स्कुटरसंग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक बस्नेत गम्भीर घाइते भएको र स्कुटर चालक सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस